Prakash Adhikari March 14, 2025

कम्पाला(युगाण्डा), १ चैत्र । चार टिम सम्मिलित वुमेन्स कप टी २० आई सिरिजको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले प्रतिस्पर्धी हंगकंगलाई ६ विकेटले पराजित गरेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिड. गरेको हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन जोडिन् । उनले ४३ बलको सामना गर्दा ३ चौका प्रहार गरेकी थिइन ।

अर्की ओपनर तथा कप्तान इन्दु बर्माले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन जोडिन् ।
खेलमा पुजा महतो २० रन जोडिन भने रोमा थापाले ४ रन ।

नेपाललाई रोक्ने क्रममा हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १ । १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो ।

हङकङका लागि साञ्जिन शाहजादले ४७ बलमा ५ चौका र १ छक्काको मद्दले सर्वाधिक ५४ रन जोडिन् । खेलमा चाङ का योगं १६ र यासमिन दासवानी १४ रन जोडे ।

हंगकंगलाई रोक्ने क्रममा नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दुले २ तथा पूजा महतो र इश्वरी विष्टले समान १ । १ विकेट लिए ।

सिरिजको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ । अब नेपालले आइतवार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ । आजै हुने युगाण्डा र नामिबियाबीचको खेल पछि फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

यस खेलमा नेपाललाई पराजित गरेको भए हङकङले फाइनलमा स्थान पक्का गर्ने थियो । नेपालले हिजो घरेलु टोलीलाई पराजित गरेको भए नेपाल पनि फाइनल पुग्न सक्थ्यो । सिरिजमा यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।

Share Now