Prakash Adhikari March 18, 2025

मोरङ, ५ चैतः मिल्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा स्पोर्टिङ क्लब विराटनगर विजयी भएको छ । योसँगै पेमा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुटमिल खेल मैदानमा जारी पाँचौँ संस्करणको फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गरेको हो ।

पेमा क्लबका हरि खवासले ४९औँ मिनेटमा र अनिल परियारले ६८औँ मिनेटमा एक÷एक गोल गरी आफ्नो टोलीलाई सेमिफाइनलमा पु¥याउन सफल भएका छन् । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा क्लबका अनिल परियार घोषित भएका ट्रष्टका अध्यक्ष विष्णु डुङ्गोलले जनाएका छन् ।

प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर, सप्तरी मधेस प्रदेश, फ््युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खाखा झील कटिहार विहार भारत, टिएफसी तालतलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर, लालीगुराँस स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब, मोरङ सहभागी छन् ।

प्रतियोगिता यही चैत १० गतेसम्म सञ्चालन हुनेछ । विजेताले रु एक लाख एक हजार, उपविजेताले रु ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आज हुने खेल भारत विहारको वाइएससी खाखा झील कटिहार र टिएफसी तालतलैया इटहरी सुनसरीबीच हुनेछ ।

Share Now