
काठमाडौं, ५ चैत्र । नेपाल क्रिकेट संघले यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।
संघले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि नेपाली टोली घोषणा गरिएको हो ।
क्रिकेट संघले अन्तिम १४ सदस्यीय टोली भने चाडै घोषणा गरिने जानकारी दिएको छ । विश्व कपका लागि एसिया छनोटमा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानको सहभागीता रहनेछ ।
नरेन भट्टको कप्तानमा रहेको नेपाली टोलीमा अभिषेक तिवारी, निरज कुमार यादव, सहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अलि, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरबिन्द घर्ती, सोहेल कुँवर, विपिन कुमार शर्मा, नितेश पटेल र अमर मिश्र रहेका छन् ।