Prakash Adhikari March 31, 2025

 

काठमाडौं, १८ चैत्र । एनसेल नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुने भएको छ ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

तेस्रो संस्करणमा सात टोली ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

झापा र बुटबलको गोलरहित बराबरी

हिजोको खेलमा एनएसएलमा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ।

पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनायो। बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन।

दोस्रो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकिएको हो। अन्तिम २० मिनेट बुटवल १० खेलाडी समेटिए पनि यसको फाइदा झापाले उठाउन सकेन।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा झापाले पूर्ण रूपमा पकड बनायो। गोल गर्ने उत्कृष्ट मुभहरु बुन्यो। तर‌ करिब आधा दर्जन मौकालाई सदुपयोग गर्न सकेन । आठौं मिनेटमा अल्हाजी जेरोले बक्सभित्रबाट हानेको पावरफुल सटलाई बुटवलका गोलरक्षकले बचाए।

१३ औं मिनेटमा फेरि दीप नै बाधक बने। इसाएभ मुखाम्मदले बक्सको एजबाट हानेको आकर्षक प्रहारलाई दीपले सानदार शैलीमा रोके।

२२ औं मिनेटमा पनि झापा चुक्यो। आर्सिक लाजरको प्रहारलाई फेरि दीपले बचाए। यही बलबाट पाएको कर्नरमा अजामद अब्दुलेभको उत्कृष्ट हेडरलाई दीपले पन्च गरेर बचाए। ३७ औं मिनेटमा रितीक खड्काको कडा प्रहार थोरैले पोष्ट माथीबाट बाहिरियो।

बुटवलले भने ३८ औं मिनेटमा पहिलो पटक गतिलो पोष्ट चार्ज गर्यो। फिलिपा अड्जाहले बक्सको एजबाट हानेको राइट फुटेट सटलाई झापाका गोल रक्षक नेमान्जा लेमाजिकले बचाए। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको झापाले दोस्रो हाफमा सो लयलाई निरन्तरता दिन सकेन । बुटवलले पनि फितलो प्रदर्शन गर्यो। दुवै टिमले दोस्रो हाफमा पोष्ट चार्ज समेत गर्न सकेनन्।

७० औं मिनेटमा भने बुटवल १० जनामा समेटियो। कप्तान एरिक बिष्टले झापाका इसाएभ मुखाम्मदलाई‌ फाउल हाने। रेफ्रीले दोहोरो पहेंलो कार्ड दिएसँगै एरिक बाहिरिए।

कप्तानको जिम्मेवारी त्यसपछि मनिष डाँगीले सम्हाले। अब एरिकले धनगढी एफसीसँगको खेल पनि गुमाउनेछन्। १ खेलाडी कम हुँदाको फाइदा झापाले उठाउन सकेन।दुवैले समान १ अंक बाँडे।

पहिलो खेलमा काठमाडौ र ललितपुरको २-२ को बराबरी

Image

शनिवार सुरु भएको एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीलाई काठमाडौं रेजर्सले २-२ गोलको बराबरीमा रोकेको थियो।

पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनायो। दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै काठमान्डौले ललितपुरलाई बराबरीमा रोक्न सफल भयो।

दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका दुई डिफेन्डरलाई कर्नर फ्लयाग नजिकैबाट हानेको प्रहार गोल नजिकै रहेका काठमाडौंका कमल श्रेष्ठलाई लागेर गोलमा परिणत भयो ।

खेलमा पकड बनाउन सफल ललितपुरले १५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । इमोह इजिकियलले हानेको प्रहारलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले ब्लक गरे । फर्केको बललाई इमोहले नै कलेट गर्दै दिएको पासमा आदित्य शाक्यको लेफ्ट फुटेड सटले सही दीशा लियो ।

एकपक्षीय बनेको खेलको २५ औं मिनेटमा गोलकिपर अभिषेक बरालसँगको वान भर्सेज वानमा इमोह इजिकियलले हानेको कडा प्रहार पोस्टमा लागेर फर्कियो ।

दुई गोलले पछि परेको काठमाडौंले २८ औं मिनेटमा गोल फर्काउने मौकामा गोल किपर जेफ्री बाल्टस बाधक बने । भीन्सेन्ट कोजिएलोको कर्नरमा मोहम्मद बुया टुरेको डाइभिङ हेडरलाई गोलरक्षकले रोके । पहिलो हाफ २-० को नतिजामा सकियो।

ललितपुरले ६२ औं मिनेटमा उत्कृष्ट मौका गुमायो। योगेश गुरूङको पासमा पापा बाउ केबेको पावरफुल लेफ्ट फुटेट सटलाई गोल रक्षक जेफ्री बाल्टसले आकर्षक बचावट गरे।

खेलमा फर्कन आतुर काठमाडौंले ६४ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा जिलेश्पी जङ्ग कार्कीले सेकेन्ड बारमा हानेको हेडर थोरैले बाहिरियो।

खेलको ७५ औं मिनेटमा भने काठमाडौंले एक गोल फर्कायो। जिलेश्पी जङ्ग कार्कीको कट ब्याकमा अमान्डो डियोपले बक्स भित्रबाट हानेको कडा प्रहार आकर्षक गोलमा परिणत भयो। काठमाडौले खेललाई २-१ मा पुर्यायो।

८४ औं मिनेटमा खेललाई बराबरीमा पुर्याउने सुनौलो मौका काठमाडौंले गुमायो। जिलेश्पी जङ्ग कार्कीले बक्सभित्रबाट हानेको प्रहार क्रसबार माथीबाट बाहिरियो। निर्धारित नब्बे मिनेटको खरल २-१ को नगिजामा सकियो।

तर इन्ज्युरी समयमा ललितपुरका योगेश गुरूङले बक्सभित्र भिन्सेन्टलाई फाउल हानेपछि रेफ्रीले काठमाडौंलाई पेनाल्टीको अवसर प्रदान गरे।

इन्जुरी समयको पाँचौ मिनेटमा भिन्सेन्टले पेनाल्टीमा कुनै गल्ती गरेनन्। यो सँगै काठमाडौंले नाटकीय शैलीमा खेललाई २-२ को बराबरीमा पुर्यायो।

योसँगै ललितपुरले २-० को अग्रता जिगाउन नसक्दा बराबरीमा चिक्त बझायो। दुवै टिमले १-१ अंक बाँडे।

एनएसएलको पाँच भिडन्तमा ललितपुर र काठमाडौंबीच बराबरी नतिजा पहिलो पटक निक्लेको हो। यसअघि ३ पटक काठमाडौंले र १ पटक ललितपुरले खेल का छन्।

 

Share Now