Prakash Adhikari April 5, 2025

 

काठमाडौं, २३ चैत्र । एनसेल नेपाल सुपर लिगको तेस्रो संस्करण अन्तरगत आज भएको खेलमा पोखरा थन्डर्सले २ ० ले काठमाडौं रेजर्सलाई पराजित गरेको छ ।

प्रतियोगितामा आफ्नो तेस्रो खेलमा आएर बिजयको खाता खोलेको पोखराले यो जितबाट महत्त्वपूर्ण ३ अंक जोडेको हो । यसअघि लगातार दुई खेल हारेको पोखरालाई जित्नैपर्ने दबाब थियो ।

दशरथ रङ्गशालामा भएको खेलको दोस्रो मिनेटमा नै पोखराका सुदिल राईले करिब २० यार्ड टाढाबाट हानेको पावरफुल प्रहार क्रसबारमा लागेर फर्कियो । पोखराले राम्रो मौका गुमायो ।

सातौं मिनेटमा काठमाडौंले पनि सुनौलो मौका गुमायो । जिलेश्पी जङ्ग कार्कीको थ्रु पासमा भिन्सेन्ट कोजिएलोले अफ साईड ट्रयाप बिट गर्दै दिएको पासमा मोहम्मद बुया टुरेको प्रहारलाई पोखराका गोल रक्षक प्रिसोले ब्लक गरे । रिबाउन्डमा अमसडो डियोपको प्रहारलाई गोल लाइन नजिकैबाट डिफेन्डरले बचाए ।

२२ औं मिनेटमा पोखराको प्रयासमा गोलरक्षक अभिषेक बराल बाधक बने । कप्तान आयुष घलानको पासमा मार्की खेलाडी समिर तामाङको प्रहारलाई गोल किपर अभिषेकले उत्कृष्ट बचावट गरे ।

तर २५ औं मिनेटमा भने अग्रता बनायो । पदम भट्टराईले थ्रो इन गरेको बलमा साइडोस्टन जाफारोले बललाई कन्ट्रोल गर्दै दिएको क्रसमा स्टेफन समिर बिनोङको हेडर सुन्दर गोलमा परिणत भयो । पोखराले १-० को अग्रता बनायो ।

३३ औं मिनेटमा पोखराले अग्रता दोब्बर गर्ने सुनौलो मौका गुमायो । काठमाडौंका कप्तान कुलदीप कार्कीले स्टेफन समिर बिनोङलाई बक्स भित्र तानेर लडाएपछि रेफ्री श्याम दनुवारले पोखरालाई पेनाल्टीको अवसर प्रदान गरे । समिरले पेनाल्टी प्रहार गरे। तर गोल रक्षक अभिषेकले दाहिने पट्टी डाइभ गर्दै पेनाल्टी प्रहार रोके । पोखरा दोस्रो गोल गर्न चुक्यो ।

३९ औं मिनेटमा पोखराले अर्को मौका गुमायो । आयुष घलानको सटिक क्रसमा बिनोङको ओपन हेडर फितलो बन्यो। पहिलो हाफमा पोखराले १-० को अग्रता बनायो ।

काठमाडौ दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । यता ५८ औं मिनेटमा पोखराले अग्रता बढायो । आयुषले डिफेन्डरलाई बिट गर्दे दिएको क्रसमा सुदिल राईको प्रहार काठमाडौंका अलिजोन अलिजोनोभलाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो ।

२-० ले पछि परेको काठमाडौंले खेलको ८५ औं मिनेटमा गोल गर्ने मौका खेर फाल्यो । दिनेश हेन्जानको पासमा मोहम्मद बुया टुरेको हेडर क्रसबारमा लागेर फर्कियो । ८९ औं मिनेटमा जिलेश्पी जङ्ग कार्कीको प्रहार फेरि क्रसबारमा लागेर फर्कियो । काठमाडौले गोल गर्न नसक्दा पोखरा २-० को जित दर्ज गर्न सफल भयो ।

तेस्रो खेलमा पहिलो जित हात पारेको पोखराले ३ अंक बनाएको छ‌ । पोखरा पहिलो खेलमा एफसी चितवनसँग २-० ले र दोस्रो खेलमा ललितपुरसँग तनावपूर्ण खेलमा २-१ ले पराजित भएको थियो ।

काठमाडौको यो पहिलो हार हो । तीन खेलबाट उससँग मात्र २ अंक छ । यसले काठमाडौंको प्ले अफ यात्रा निकै कठिन बनेको छ । काठमाडौ पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर एफसी सिटीसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने झापा एफसीसँग गोल रहित बराबरीको नतिजा निकालेको थियो ।

शुक्रवारको खेलमा चितवनद्धारा बुटवल पराजित

एनसेल नेपाल सुपर लिग (एनएसएल) अन्तरगत शुक्रवार भएको खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० को गोलअन्तरले पराजित गरेको थियो ।

चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो।

दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। केहि मुभमा दुवै टोलीका स्ट्राइकर आफ्नो पोजिसनमा पुग्न सकेनन्।

खेलको ४० औं मिनेट सम्म गतिलो पोष्ट चार्ज समेत हुन सकेन । ४१ औं मिनेटमा भने बुटवलका एरिक बिष्टले करिब २५ यार्ड टाढाबाट हानेको फ्रि किक प्रहार चितवनका गोल रक्षक अमल नाइटको हातमा लागेर क्रसबारमा ठोकिंदै फर्कियो।

बुटवलले गोल गर्ने उत्कृष्ट मौका गुमायो। पहिलो हाफको यो नै एक मात्र उत्कृष्ट मुभ बन्यो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

दोस्रो हाफमा दुवै टिम गोल गर्न आतुर थिए। तुलनात्मक रूपमा दोस्रो हाफमा उत्कृष्ट मुभहरू बने। दोस्रो हाफको सुरुवाती मिनेटमै चितवनले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।

फरवार्ड भिक्टर मानसरेले पेनाल्टी क्षेत्रभित्र दीप कार्कीबाट बल खोसेर उनलाई छल्लाउँदै हानेको प्रहार साइड नेटीङ हुँदै बाहिरियो। उनले सो बल कट ब्याक गरेको भए अनमार्क शिशिर लेखी बक्सको एजमा पासको पर्खाइमा थिए।

५४ औं मिनेटमा चितवनको सुनौलो मौकामा बुटवलका गोल रक्षक दीप कार्की बाधक बने। नोडिर माभलोनोभले २५ यर्ड टाढाबाट हानेको पावरफुल र एकुरेट प्रहारलाई दीपले उत्कृष्ट शैलीमा मुस्कीलले बचाए। बल क्रसबारमा लागेर फर्कियो। जारी एनएसएलमा यो उत्कृष्ट बचावट पनि हो।

७६ औं मिनेटमा चितवनले अर्को मौका पनि गुमायो। युसुफ मल्लिकको पासमा भिक्टर मानसारेले सेकेन्ड बारमा हानेको प्रहार सुमन श्रेष्ठले हेडर गर्दै ब्लक गरिदिए।

निर्धारित ९० औ%A

Share Now