Prakash Adhikari July 27, 2018

लण्डन(संयुक्त अधिराज्य(, १० साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बेलायत भ्रमणको अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कलाई १ सय ३४ रनको विशाल अन्तरले पराजित गरेको छ ।

लड.टन क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५२ रनको लक्ष्य शार्कले पूरा गर्न सकेन । उले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो।

खेलमा टस जितेर इष्ट लण्डन शार्कले फिल्डिड. रोजेको थियो ।

शार्कलाई सहजै समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ ओभर बलिङमा २ रन खर्चिएर १ मेडनसहित तीन विकेट लिए।

ललित राजबंशीले २ तथा शरद भेसवाकर, दीपेन्द्र सिह ऐरी र करण केसीले समान १(१ विकेट लिए।

शार्कका लागि ताक्वी अब्बासले सर्वाधिक ३२ रन जोडेका थिए।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको पारी खेले।

यस्तै कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले समान ६७ रन बनाए।

मल्लले ४७ बल खेलेर ६ छक्का र ५ चौका प्रहार गरे भने खड्काले ३० बलमा ५ छक्का प्रहार गरे। यस्तै बिस्फोटक ब्याटिङ गरेका ऐरीले २६ बलमा ६ छक्का र ४ चौकासहित ६७ रनमा नटआउट रहे।

ओपनिङ ब्याट्समेन अनिल कुमार साह ८ रनमा आउट भएपछि खड्का र मल्लले उत्कृष्ट साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफल बनाउन सहयोग गरेका हुन्।

आरिफ शेख २ रनमा आउट भए भने रोहितकुमार पौडेल १२ रनमा नटआउट रहे।

नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो ।

Share Now

Leave a comment.