Prakash Adhikari June 7, 2025

 

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व बकर ईदको उपलक्ष्यमा देश विदेशमा रहनुभएका मुस्लिम समुदायका सबै नेपालीलाई शुभकामना दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज दिनुभएको शुभकामना सन्देशमा सभापति देउवाले भन्नुभएको छ, “म विश्वास गर्छु— यस पवित्र पर्वले सम्पूर्ण नेपाली समाजमा शान्ति, समृद्धि र भ्रातृत्वको सन्देश फैलाउनेछ ।”

उहाँले इस्लाम धर्मावलम्बीहरूले मनाउने ‘बकर ईद (ईद–उल—अज्हा)’ एक महत्वपूर्ण तथा पवित्र पर्व भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव बढाउन यस पर्वले महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।

पार्टी सभापति देउवाले नेपाल प्राचीनकालदेखि नै विभिन्न जाति, भाषा, धर्म र संस्कृतिहरूको साझा थलो रहिआएको उल्लेख गर्दै भन्नुभएको छ, “यहाँ रहेका विविध चाडपर्वहरू हाम्रो सांस्कृतिक सम्पन्नताको प्रतीक हुन्, जसले सबै धर्म, संस्कार र परम्पराहरूलाई आदर र सम्मान गर्ने हाम्रो विशिष्ट परम्परालाई झल्काउँछ ।”

सायद नक्सा  र पाठ को फोटो हुनसक्छ

 

 

 

Share Now