Prakash Adhikari June 8, 2025

 

काठमाडौं,२५ जेठ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडीको अधिकृत विक्रेता नान्सी अटोमोबाइल्स प्रा.लि.बाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले नान्सी अटोमोबाइल्सबाट सुजुकी ब्राण्डका विभिन्न मोडेलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. ३०  हजारदेखि १ लाख ७५ हजारसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नान्सी अटोमोवाईल्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गर्नुभएको छ ।

Share Now