ढाका(बंगलादेश), २७ आषाढ । साफ यु २० महिला फुटबल च्याम्पियनसिप आजदेखि बंगलादेशमा सुरु हुँदै छ । आज नेपाली यु २० महिला टोली भुटानी यु २० टोलीसंग भिड्दै छ ।
आज(जुलाई ११) देखि बंगलादेशमा सुरु हुने साफ यु २० महिला च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश, श्रीलंका र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता डबल राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार प्रत्येक टोलीले अरूसँग दुई दुई पटक खेल्ने छ।
प्रतियोगितामा नेपालको खेल तालिका निम्नानुसार छः
११ जुलाईः नेपाल र भुटान
१३ जुलाईः नेपाल र बंगलादेश
१५ र १७ जुलाईः नेपाल र श्रीलंका
१९ जुलाईः नेपाल र भुटान
२१ जुलाईः नेपाल र बंगलादेश
नेपाली टोलीमा युवा र प्रतिभाशाली खेलाडीहरू समावेश छन्। टोलीमा लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के।सी।, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर रहेका छन्।
प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली सहभागी हुन नेपाली यु २० राष्ट्रिय महिला फुटबल टोली बुधबार बंगलादेश पुगिसकेको छ । टोलीलाई मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो मुख्यालयमा आयोजित विशेष समारोहमा टोलीलाई शुभकामना दिँदै भव्य बिदाइ गरेको थियो।
कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राईसहितका पदाधिकारीहरूले खेलाडीहरूलाई प्रोत्साहन गर्दै सफलताको कामना गरेका थिए।
अध्यक्ष नेम्वाङले प्रधानमन्त्रीसहित सबैले दिने शुभकामनालाई दवावको रुपमा नलिन पनि सुझाव दिए ।


















