Prakash Adhikari August 3, 2018

 

आम्सटर्डमभिल(नेदरल्याण्डस), १८ साउन । नेपाल र नेदरल्याण्डस् बीच भैरहेको दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोलीलाई २१७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिड. रोजेको नेपालका तर्फबाट सोमपाल कामी र क्याप्टेन पारस खड्काको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले ४८।५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल तयार परेको हो ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । क्याप्टेन पारस खड्का ५१ रन बनाएर आउट भएका थिए ।

पहिलो खेलमा अर्धशतक बनाएर नेपालको कीर्तिमान कायम गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल दोस्रो खेलमा १३ रन बनाउँदै आउट भएका थिए । त्यसपछि अनिल शाह पनि ४ रनको ब्यक्तिगत स्कोरमा आउट भए । सुवास खकुरेल पनि ब्यक्तिगत १९ रनमा बोल्ड हुँदा नेपालले ४७ रनमात्र बनाएको थियो । नेपालको पहिलो तीनैवटा विकेट फ्रेड क्लासेनले लिएका थिए ।

दिपेन्द्रसिंह ऐरी १९ रनमा रनआउट भए । त्यस क्रममा कप्तान पारस खड्काले ५१ रनको योगदान दिँदै नेपालको रन १३५ मा पु¥याए।

नेपालका लागि आरिफ शेखले १६, सन्दिप लामिछानेले ८, रोहित कुमार पौडेलले ६, ललित भण्डारीले ४ र बसन्त रेग्मीले १ रन बनाएका थिए ।

बलिङतर्फ क्लासेनले तीन विकेट लिँदा मिचेल रिप्पन र पिटर सिलारले २–२ विकेट लिए ।

अहिले खेलको दोस्रो इनिड.मा नेपालले बलिड. गरिरहेको छ । अहिले नेदरल्याण्ड्सले ४.५ ओभरमा १ विकेट गुमाउदै २७ रन बनाएको छ । नेपाली खेलाडी सोमपाल कामीले दोस्रो बलमै क्याकबुरलाई आउ गरेका थिए ।

Share Now

Leave a comment.