Prakash Adhikari July 18, 2025

 

माले(माल्द्धिप), २ साउन । काभा मेन्स च्याम्पियन्स लिग २०२५ अन्तरगत नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले आज दोस्रो खेल आज खेल्दैछ।

माल्द्धिपमा जारी च्याम्पियन्स लिगको दोस्रो खेलमा हेल्प नेपालले दोस्रो घरेलु क्लब एचडीसीसंग प्रतिस्पर्धा गर्ने छ । दुवै टोलीबीचको खेल नेपाली समयअनुसार बेलुका १०ः०० बजे सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३ २ ले पराजित गरिसकेको छ । सुरुको २ सेट जितेको हेल्प नेपालले त्यसपछिका २ सेट गुमाएको थियो। पाँचौ तथा अन्तिम सेट सहजै आफ्नो पक्षमा पारेपछि हेल्प नेपालले विजयी सुरुवात गरेको थियो।

सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

Share Now