टर्नबेरी (बेलायत), १२ साउन (रासस/एएफपी) : संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) आइतबार एक व्यापार सम्झौता गरेका छन् । उक्त सम्झौताअन्तर्गत इयुको निर्यातमा १५ प्रतिशत कर लगाइने छ । यो सम्झौता ट्रान्सअटलान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो जसले पूर्ण व्यापारिक युद्धमा परिणत हुने खतरा थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्कटल्यान्डको आफ्नो गल्फ रिसोर्टमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको उच्चस्तरीय बैठकबाट बाहिर निस्किनुभयो र यो सम्झौतालाई ‘सबैभन्दा ठूलो’ भन्नुभयो ।
युरोपेली सामानमा ३० प्रतिशत अमेरिकी करबाट बच्नका लागि अगस्ट १ को समयसीमा समाप्त भएपछि नेताहरूले करिब एक घण्टामा सम्झौता गरेका थिए ।
“हामीले सम्झौता गरेका छौँ । यो सबैका लागि राम्रो सम्झौता हो । यो सायद कुनै पनि क्षेत्रमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो”, ट्रम्पले भन्नुभयो ।
ट्रम्पका अनुसार १५ प्रतिशतको आधारभूत कर युरोपको महत्त्वपूर्ण अटोमोबाइल क्षेत्र, फर्मास्युटिकल्स र सेमीकन्डक्टरहरू सहित सबैतिर लागू हुनेछ ।
ट्रम्पले सम्झौताको एक हिस्साका रूपमा २७–राष्ट्र इयु ब्लकले संयुक्त राज्य अमेरिकाबाट ‘सात खर्ब ५० अर्ब डलर मूल्यको ऊर्जा’ खरिद गर्न सहमत भएको र छ खर्ब डलर थप लगानी गर्न सहमत भएको बताउनुभयो ।
भोन डेर लेयनले रूसी स्रोतहरूबाट टाढा विविधीकरण गर्ने ब्लकको प्रयासको एक भागका रूपमा अमेरिकी तरलीकृत प्राकृतिक ग्यास, तेल र आणविक इन्धनको ‘महत्त्वपूर्ण’ खरिद तीन वर्षमा हुने बताउनुभयो ।
इयुका २७ देशको तर्फबाट वार्ता गर्दै भोन डेर लेयनले सामान र सेवाहरूमा वार्षिक १९ खर्ब डलरको व्यापारिक सम्बन्ध बचाउन कडा प्रयास गरिरहनुभएको थियो ।
“यो राम्रो सम्झौता हो”, इयु प्रमुखले पत्रकारहरूलाई भन्नुभयो, “यसले स्थिरता ल्याउनेछ । यसले पूर्वानुमान क्षमता ल्याउनेछ । अटलान्टिकको दुवै किनाराका हाम्रा व्यवसायका लागि यो धेरै महत्त्वपूर्ण छ ।”
उहाँले धेरै ‘रणनीतिक उत्पादनहरू’, विशेष गरी विमान, केही रसायन, केही कृषि उत्पादन र महत्त्वपूर्ण कच्चा मालमा द्विपक्षीय भन्सार शुल्क छुटमा सहमति भएको बताउनुभयो ।
इयुले विशेष गरी मदिराका लागि अझै पनि तथाकथित ‘शून्यका लागि शून्य’ सम्झौताहरू सुरक्षित गर्ने आशा गरेको उहाँले बताउनुभयो । उहाँले आउँदो दिनमा यो ‘समाधान’ हुने आशा गर्नुभयो ।
भर्खरै नाटोभित्र आफ्नो रक्षा खर्च बढाउने वाचा गरेका इयुका सदस्यहरूले ‘सयौँ अर्ब डलर मूल्यका सैन्य उपकरणहरू’ खरिद गर्ने पनि ट्रम्पले बताउनुभयो ।
पाउन सक्ने सबैभन्दा राम्रो –
ट्रम्पले ह्वाइट हाउसमा पुनः पद बहाली गर्नुभएपछि इयुले भन्सार शुल्कका धेरै लहरको सामना गरेको छ ।
यो हाल कारहरूमा २५ प्रतिशत, स्टिल र एल्युमिनियममा ५० प्रतिशत र सम्पूर्ण वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्कको अधीनमा छ । यसलाई वासिङ्टनले कुनै सम्झौता नभएको अवस्थामा ३० प्रतिशतसम्म बढाउने धम्की दिएको थियो ।
यो समूहले विमानदेखि मदिरासम्मका महत्त्वपूर्ण उद्योगहरूका लागि भन्सार शुल्क छुटको कडा माग गरिरहेको थियो र फ्रान्स र जर्मनीका लागि महत्त्वपूर्ण यसको मोटरवाहन उद्योग पहिले नै लगाइएका भन्सार शुल्कहरूले पीडित छ ।
“पन्ध्र प्रतिशतलाई कम आँकलन गर्नुहुँदैन, तर यो हामीले प्राप्त गर्न सक्ने सबैभन्दा राम्रो हो”, भोन डेर लेयनले स्वीकार गर्नुभयो ।
कुनै पनि सम्झौतालाई इयु सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न आवश्यक छ । इयुका राजदूतहरू, ग्रिनल्यान्डको भ्रमणमा रहेकाले आयोगले आइतबार बिहान अद्यावधिक गरेको थियो । स्कटल्यान्डमा सम्झौता भएपछि उनीहरू फेरि भेट्ने तयारीमा थिए ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले यो सम्झौताको द्रुत रूपमा प्रशंसा गर्दै यसले ‘ट्रान्सअटलान्टिक व्यापार सम्बन्धमा अनावश्यक वृद्धि’ हुनबाट जोगाएको बताउनुभयो ।
तर जर्मन निर्यातकर्ताहरू कम उत्साहित थिए । औद्योगिक समूहहरूको शक्तिशाली बिडिआई महासङ्घले उक्त सम्झौताले ‘पर्याप्त नकारात्मक परिणामहरू’ ल्याउने बताएको छ भने देशको भिसिआई रासायनिक व्यापार सङ्घले उक्त सम्झौताले दरहरू ‘धेरै उच्च’ छोडेको बताएको छ ।
संयुक्त राज्य अमेरिकाका लागि इयुको शीर्ष निर्यातकर्ताहरू मध्ये एक आयरल्यान्डले आइतबार यसले ‘धेरै आवश्यक निश्चितताको उपाय ल्याउने भन्दै सम्झौताको स्वागत गरेको छ, तर यसको विदेश मामिला र व्यापार विभागको एक बयानमा यसले आधारभूत करप्रति ‘खेद’ व्यक्त गरेको छ ।
इयुले स्टिलमा सम्झौताका लागि दबाब दिएको थियो जसले भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकामा निश्चित कोटा प्रवेश गर्न दिन सक्छ ।
स्टिल ‘जस्तो छ त्यस्तै रहनेछ’ भन्दै ट्रम्पले यसलाई अस्वीकार गरेको देखिन्छ, तर इयु प्रमुखले पछि स्टिलका लागि ‘भन्सार शुल्क कटौती गरिनेछ र कोटा प्रणाली स्थापना गरिनेछ’ भनी जोड दिनुभयो ।
– ठूलो एक –
पन्ध्र प्रतिशत युरोपेली वस्तुहरूमा पहिलेका अमेरिकी भन्सार शुल्कहरू भन्दा धेरै उच्च छ, जुन औसत चार दशमलव आठ प्रतिशत वरिपरि छ । यसले वर्तमान स्थितिलाई प्रतिबिम्बित गर्छ । कम्पनीहरूले हाल १० प्रतिशतको अतिरिक्त समान दरको सामना गरिरहेका छन् ।
यदि वार्ता असफल भएको भए इयु मुलुकहरूले अगस्ट ७ देखि चरणबद्ध रूपमा प्रभावकारी हुन विमान र कारहरू सहित एक खर्ब नौ अर्ब डलर (९३ अर्ब युरो) को अमेरिकी वस्तुहरूमा प्रति–भन्सार शुल्कलाई अनुमति दिएको थियो ।
ट्रम्पले संसारसँग अमेरिकी व्यापारलाई पुनःआकार दिने अभियान सुरु गर्नुभएको छ र अगस्ट १ सम्ममा वासिङ्टनसँग सम्झौता नगरे दर्जनौँ देशलाई दण्डात्मक भन्सार शुल्क लगाउने वाचा गर्नुभएको छ ।
अर्को सम्झौता के हुनेछ भनेर सोधिएको प्रश्नमा ट्रम्पले जवाफ दिनुभयो, “यो ठूलो सम्झौता थियो। यी सबैमध्ये यो सबैभन्दा ठूलो हो ।”
सम्झौताको स्वागत
युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू–अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुनेछ ।
‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिईए)’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सम्झौताले हालैका महिनाहरूमा ट्रान्सएटलान्टिक व्यापार सम्बन्धको बारेमा तीव्र अनिश्चिततालाई कम गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको छ र एसिईए सिद्धान्ततः यस सम्झौताको विकासको स्वागत गर्दछ।
“तैपनि, अमेरिकाले अटोमोबाइल्स र अटोमोटिभ पाट्र्समा उच्च करवेद्धि कायम राख्नेछ, र यसले ईयूमा मात्र होइन अमेरिकामा पनि उद्योगमा नकारात्मक प्रभाव पार्नेछ,” एसिईएले भनेको छ ।
युरोपेली मुलुकमा अमेरिकी करको प्रभाव फरक–फरक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युरोपेली सङ्घका सबै मुलुकमाथि १५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
यी सबै देशहरू समान रूपमा अमेरिकी बजारमा उजागर हुँदैनन् त्यसैले अगस्ट १ मा शुल्कहरू सुरु हुँदा समान कर वृद्धिका परिणामहरू भोग्ने छैनन्।
मूल्यको हिसाबले, जर्मनी अमेरिकामा सामानको सबैभन्दा ठूलो निर्यातक हो र अमेरिकाकोे कार, इस्पात र मेशिन उपकरणहरूको लागि एक प्रमुख आपूर्तिकर्ता हो। सन् २०२४ मा यी वस्तुको कुल निर्यात एक खर्ब ६१ अर्ब २० करोड अमेरिकी डलर रहेको थियो ।
इयूको तथ्याङ्क कार्यालय युरोस्टाटका अनुसार आयरल्याण्ड र इटालीको निर्यात गत वर्ष क्रमशः ७२ अर्ब डलर र ६४ अर्ब डलर थियो ।
फ्रान्समा ‘एरोनोटिक्स’, कृषि–खाद्य, वाइन र भौतिक सुखका सामानहरू छन् तर तिनीहरूको कम उजागर भएको छ जसले बजार गुमाउने जोखिम छ।
युरोस्टाटका अनुसार इयूले समग्रमा आफ्नो २० प्रतिशत सामान संयुक्त राज्य अमेरिकामा निर्यात गर्दछ।
अमेरिकी वाणिज्य विभागलाई प्रतिवेदन दिने ब्यूरो अफ इकोनोमिक एनालिसिस (बिइए) का अनुसार २७ सदस्यीय समूहको संयुक्त राज्य अमेरिकासँग वार्षिक २३५.६ अर्ब डलरको व्यापार अधिशेष छ। चीनसँग मात्रै बढी आर्थिक अधिशेष छ ।
आयरल्याण्ड यूरोपको प्रयोगशाला
आयरल्याण्डसँग इयू सदस्यहरूमध्ये मूल्यको हिसाबले ४८६.७ अर्ब डलरको सबैभन्दा ठूलो अधिशेष छ । यसको एक चौथाईभन्दा बढी सामानहरू अमेरिकामा निर्यात गर्दछ। यसको मुख्य कारण फाइजर, एली लिली र जोन्सन एन्ड जोन्सन जस्ता प्रमुख अमेरिकी औषधि कम्पनीहरूको उपस्थिति हो।
तिनीहरू सबै १५ प्रतिशत कर्पोरेट करबाट लाभ उठाउन आयरल्याण्डमा स्थापित भएका हुन् । संयुक्त राज्य अमेरिकामा २१–प्रतिशत कर भन्दा बढी लाभप्रद उत्पादनको कर तिर्नुपर्छ । यी कम्पनीहरूले आयरल्याण्डमा आफ्नो ‘प्याटेन्ट होस्ट’ गर्न सक्दछन् र अमेरिकी बजारमा बेच्न सक्दछन्, जहाँ औषधिको मूल्य परम्परागत रूपमा बाँकी विश्वको तुलनामा उच्च छ।
ट्रम्पले आइतबार औषधि क्षेत्रले विशेष छुट नपाउने बताउनुभएको थियो।
आयरल्याण्डमा एप्पल, गुगल र मेटाजस्ता विशाल अमेरिकी प्रविधि कम्पनीहरूको अधिकांश युरोपेली मुख्यालयहरू पनि रहेका छन् । उनीहरू आयरल्याण्डको आकर्षक कर प्रणालीबाट पनि आकर्षित हुन्छन्।
समग्रमा, फार्मास्युटिकल्सले संयुक्त राज्य अमेरिकामा इयू निर्यातको २२.५ प्रतिशत हिस्सा ओगटेको छ, जहाँ धेरै ठूला लगानीकर्ताहरूले प्रमुख लगानीको घोषणा गरेका छन्।
जर्मनी: औद्योगिक शक्तिगृह
युरोपेली सङ्घको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी निर्यातमा निर्भरताका कारण विशेष दबाबमा छ । सन् २०२४ मा संयुक्त राज्य अमेरिकासँग यसको ८४.८ अर्ब डलरको उच्च अधिशेष थियो।
जर्मनीको तथ्याङ्क कार्यालय डेस्टाटिसका अनुसार संयुक्त राज्य अमेरिकाले जर्मन निर्यातको १०.५ प्रतिशत हिस्सा ओगटेको छ, यसको ठूलो हिस्सा अटोमोबाइल, रसायन, इस्पात र मेशिन उद्योगहरू हो ।
मर्सिडीज बेन्जको आम्दानीको २३ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ । तीमध्ये केही संयुक्त राज्य अमेरिकामा निमाणर््ा भएका र निर्यात गरिएका एसयूभीहरूद्वारा हिसाब गरिएको भए तापनि तिनीहरू इयूबाट कुनै पनि कर प्रतिशोधद्वारा प्रभावित हुने जोखिम छ।
जर्मन केन्द्रीय बैङ्कले यस वर्षको सुरुमा जर्मन सामानहरूमा अमेरिकी करले उसको कुल गार्हस्थ्य उत्पादनमा १.० प्रतिशत कम गर्न सक्ने चेतावनी दिएको थियो।