फुड.लिड.(ताप्लेजुड.), २७ साउन । फिदिममा भइरहेको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितमा सहलेस क्लब सिराहाले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको छ ।
ताप्लेजुड.को सदरमुकामा फुड.लिड.स्थित फुटबल मैदानमा भएको खेलमा सलहेस क्लब सिराहाले फिदिम स्पोर्टिस क्लबलाई ६(० को गोलअन्तरले पराजित गरेको थियो ।
खेलमा सहलेसका सदिया आदमले पाँचौँ मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाए। ३५औँ मिनेटमा सुजित बुढाथोकी र ३७औँ मिनेटमा युसुफ मलिकले गोल थपे । चौथो गोल फिदिमले आत्मघाती गोल गरेपछि सित्तैमा जुर्यो सहलेसलाई ।
६६औँ मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ५(० पुर्याए । ८०औँ मिनेटमा मोहित गुरुङले गोल थप्दै फिदिमलाई ६ ०ले पराजित गरे ।
सलहेस सेमिफाइनल पुगेको छ। टोलीले साउन २९ गते रेड स्टार झापासँग सेमिफाइनल खेल्नेछ । पोखराको सहारा क्लबलाई १(० ले पराजित गर्दै रेड स्टार अन्तिम चारमा पुगेको थियो। बुधवार पहिलो सेमिफाइनल द यङ ब्रदर्स क्लब इटहरी र चर्च ब्वाइज क्लब ललितपुरबीच हुनेछ ।
आयोजक लाखे जात्रा सञ्चालन समितिले सेमिफाइनलमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने बताएको छ। प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ र दोस्रो टोलीले ३ लाख ५० हजार ८२ पुरस्कार रुपैयाँ प्राप्त गर्नेछ।


















