Prakash Adhikari August 12, 2018

 

अंकारा(टर्की), २७ साउन (बीबीसी) । टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले, एकजना अमेरिकी पास्टरलाई हिरासतमा राखिएको सम्बन्धमा अमेरिकाले धम्कीहरू दिदैँ ‘टर्कीलाई घुँडा टेकाउन खोजेको’ आरोप लगाएका छन्।

आतंकवादको अभियोगमा नियन्त्रणमा राखिएका पास्टर एन्ड्रु ब्रन्सनलाई रिहा गर्नुपर्ने माग वासिङ्गटनले राख्दै आएको छ।

दुई देशबीचको कूटनीतिक विवादले टर्कीको मुद्रा लिराको मूल्यमा गिरावट आएको छ।

हिरासत

शुक्रवार लिराको मूल्य अमेरिकी डलरको तुलनामा झण्डै १६ प्रतिशतले घट्न पुग्यो।

अमेरिकी राष्ट्रपति ट्रम्पले, अहिले अमेरिकाको टर्कीसँगको सम्बन्ध राम्रो नभएको भन्दै टर्कीबाट गरिने स्टील तथा एलूमिनियम आयातमा दोब्बर कर लगाइने घोषणा गरेका छन्।

अमेरिकाले उसको व्यवहारमा परिवर्तन नगरेसम्म टर्कीले नयाँ साझेदारहरूको खोजी गर्ने एर्दोआनले बताएका छन्।

प्रतिबन्धित कुर्दिस्तान वर्कस पार्टी तथा सन् २०१६ मा भएको असफल सत्तापलटको प्रयासका लागि जिम्मेदार रहेका भनिएका इस्लामिक धर्मगुरु फेतुल्लाह गुलेनसँग सम्बन्ध रहेको आरोपमा पास्टर ब्रन्सन पक्राउ परेका थिए।

उनी झण्डै दुई वर्षदेखि टर्कीको हिरासतमा छन्।

राष्ट्रपति
विकल्प
तर त्यो बाहेक दुई नेटो सदस्य राष्ट्रहरूबीच फाटो ल्याउने अन्य कारण पनि छन्।

सिरियासम्बन्धी नीति तथा एर्दोआनको रुससँगको बढ्दो सम्बन्धले पनि दुई देशबीच विभाजन निम्तिएको देखिन्छ।

अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्समा लेख्दै एर्दोआनले ‘अमेरिकाले बारम्बार टर्कीका जनताको चासोलाई बुझ्न र सम्मान गर्न असफल भएको’ टिप्पणी गरेका छन्।

दशकौँदेखि दुई देश साझेदार भएपनि अब टर्कीसँग विकल्पहरू रहेको एर्दोआनको भनाइ छ।

Share Now

Leave a comment.