Prakash Adhikari September 15, 2025

काठमाडौँ, ३० भाद्र। ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । उहाँले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसंग शपथ ग्रहण गरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर जेनजी प्रदर्शनका क्रममा घाइते भएका किशोरकिशोरी र तिनीहरुका अभिभावकलाई भेटेपछि सोझै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गर्नुभयो।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो । बक्यौता उठाइछाड्ने निर्णयमा गरेर नतिर्ने ग्राहकको विद्युत लाईन काट्नुभएका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई ओली सरकारले हटाएको थियो ।

उहाँलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।

उहाँलाई हटाएर ओली सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरेको थियो ।

Share Now