Prakash Adhikari October 30, 2025

 

बुसान(दक्षिण कोरिया), १३ कार्तिक(एजेन्सी) । राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको भेटवार्ता करिब १ घण्टा ४० मिनेटमा समाप्त भएको छ।

वार्तामा चीनमाथि लाग्ने कर घटाएर ४७ प्रतिशतमा सीमित गरिएको घोषणा गरिएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार दक्षिण कोरियाको बुसानस्थित भेटघाट स्थलबाट दुवै नेता बाहिर निस्केर आआफ्नो लिमोजिनमा चढ्दै गरेको देखिनुभयो।

यसअघि ट्रम्पले यो बैठक चार घण्टासम्म चल्न सक्ने बताउनुभएको थियो, तर यो अनुमानित समयभन्दा निकै अगाडि नै समाप्त भयो। यो भेट एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साइडलाइनमा भएको हो, जहाँ दुई नेताले मुख्यतया व्यापार सम्झौताको मुद्दामा छलफल गर्ने बताइएको थियो ।

बैठकमा दुवै पक्षबाट सात-सात जना सहभागी थिए । अमेरिकाको तर्फबाट ट्रम्पसँगै विदेश मन्त्री मार्को रुबियो, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, ट्रेजरी सचिव स्कट बेस्सेन्ट, वाणिज्य सचिव होवार्ड लट्नक, चीफ अफ स्टाफ सुसी वाइल्स र चीनका लागि अमेरिकी राजदूत डेविड पर्ड्यू हुनुहुन्थ्यो।

चीनको तर्फबाट सीसँगै चीफ अफ स्टाफ काई क्यूई, विदेश मन्त्री वाङ यी, उप-विदेश मन्त्री मा झाओक्सु, उप-प्रधानमन्त्री हे लिफेङ, वाणिज्य मन्त्री वाङ वेनताओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शानजी वार्तामा सहभागी हुनुहुन्थ्यो।

Share Now