Prakash Adhikari August 22, 2018

काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेनेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जहाज खरिदमा घोटाला गरेको पैसाले सत्ता कव्जा गर्ने दुष्प्रयासमा लागेको बताउनुभएको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले सो आरोप लगाउनुभएको हो ।

उहाँले सरकारले भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्र समाप्त पार्न लागि परेको आरोप लगाउदै गरिव जनताको जीवनमाथि खेलबाड गरिरहेको दोषारोपण पनि गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो कमिशनको चलखेल गरिएको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको थियो ।
‘विमान खरिदमा ठूलो धनराशी घोटाला गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अर्को चुनावमा सत्ता कब्जा गर्ने षडयन्त्र गरिरहेको छ , काँग्रेस नेता पौडेलले भन्नुभयो ।

उहाँले सरकारलाई जथाभावी चल्न नदिन पार्टी भित्र मनैदेखि एकता हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

Share Now

Leave a comment.