Prakash Adhikari December 18, 2025

काठमाडौं, ३ पौष । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक एफ वान सफ्ट इन्टरनेशनल (F1 Soft International Pvt.Ltd)को सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी “टप अप गरौं बोनस पाऔं अभियान सञ्चालन गरेको छ ।

सो अभियान अवधिभर रु. २०० /- वा सो भन्दा माथिको रकम एनबीएल मोबाइल बैंकिड. एप(NBL Mobile Banking App ) मार्फत टप अप(Top UP) गर्ने ८० जनालाई रु. १००/- का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

हाल नेपालभर २ सय ३१ शखा, २ सय ३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधिमार्फत यस बैंकको बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् ।

 

 

Share Now