काठमाडौँ, ४ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने भएको छ ।
एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएकोजानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।
बिहिवार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।


















