• आशा खबर
  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापन
  • सम्पर्क
  • Unicode Converter
Aasha News
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य खबर
    • राजनीति
    • स्वास्थ्य
    • खेल
    • निगरानी
    • न्यायिक
    • प्रवास
    • पर्यटन
    • स्वास्थ्य
    • शिक्षा
    • दुर्घटना
    • अपराध
    • मनोरञ्जन/साहित्य
    • विविध
    • प्रदेश, जिल्ला र पालिका समाचार
    • मुख्य खबर
    • राजनीति
    • रोजगारी
    • आशा भिडियो च्यानल
  • विश्व
  • आर्थिक
  • दृष्टिकोण
  • मनोरञ्जन/साहित्य
  • रोचक
  • खेल
  • English

You are here:

  • Home
  • मुख्य खबर
  • निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार ९ सय ६७ मतदान स्थल कायम

निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार ९ सय ६७ मतदान स्थल कायम

Prakash Adhikari December 19, 2025
काठमाडौँ, ५ पु्सः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ ।
साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो ।
मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकनका लागि सूचनामार्फत जानकारी गराएको थियो ।
पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए दावी विरोध गर्न आग्रह गरेको थियो । एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले उल्लेख गरेको थियो ।
यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रकार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्नुभएको हो ।
नेपाल सरकारले २०७८को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
–––
Share Now

Post navigation

सुशीला कार्कीको असंवैधानिक सरकारका १०० दिनः फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको प्रधानमन्त्रीको दावी
रत्नेचौर–भकुण्डे सडकः योजना पूरा नहुँदै कालोपत्रे सडकमा खाल्डा

ताजा समाचार

  • कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको पार्टी एक ढिक्का बनाउने विश्वास
  • व्यक्तिको गोपनीयताको सम्मान गर्न सञ्चार माध्यमलाई महिला अधिकारकर्मीको आग्रह
  • कांग्रेस एकजुट बनाउँनु नै राष्ट्रिय भेलाको उद्देश्य होः डा. शशांक कोइराला, संयोजक भेला आयोजक समिति
  • साताको अन्तिम कारोबार दिन शेयर बजार घटेर बन्द ; धितोपत्र बजार परिसूचक ७.३७ अङ्कले घटेर २६४३.८३ मा
  • नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको राष्ट्रिय भेला सुरु

 

दृष्‍टिकोण

वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा

उमेश ढुङ्गेल/रासस काठमाडौँ, २८ साउनः प्रस्तावित शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ ले वैदेशिक अध्ययनमा जाने विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श सेवा प्रदान गर्ने […]

Prakash Adhikari August 14, 2026

युवाको अपेक्षा: सीप, रोजगारी, उद्यम र सम्मान

Prakash Adhikari August 12, 2026

 ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

Prakash Adhikari August 12, 2026

नेपालमा विद्युतीय सवारी साधनको मोह बढ्दै

Prakash Adhikari August 10, 2026

रोजगारी

सुसारेका रूपमा काम गर्न पहिलो खेपमा ८ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]

Prakash Adhikari July 17, 2026

श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन

Prakash Adhikari May 30, 2026

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

Prakash Adhikari January 8, 2026

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

Prakash Adhikari November 28, 2025

Follow Us पेज लाइक गर्नुहोस

Tweets by AashaNews

विविध

व्यक्तिको गोपनीयताको सम्मान गर्न सञ्चार माध्यमलाई महिला अधिकारकर्मीको आग्रह

काठमाडौँ, २९ साउनः पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा व्यक्तिको गोपनीयतालाई सम्मान गनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगसहित महिला अधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूले पत्रकारिता गर्दा व्यक्तिको चरित्रहत्या […]

Prakash Adhikari August 14, 2026

आज देशका धेरै ठाउँमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

Prakash Adhikari August 14, 2026

विदेशी मुद्राको विनिमयदर : आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा

Prakash Adhikari August 14, 2026

सक्रिय मनसुनः आज सबै प्रदेशका ठाउँ ठाउँमा वर्षाको सम्भावना

Prakash Adhikari August 13, 2026

English

Mt. Everest (Sagarmatha) Day being marked today in Nepal with various programmes

Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]

Prakash Adhikari May 29, 2026

Record 274 climbers scale Everest via Nepal in one day

Prakash Adhikari May 24, 2026

Kanchha Sherpa, a member of first successful Everest expedition, passes away

Prakash Adhikari October 16, 2025

‘diamond jubilee of Mt Annapurna first ascent: Marathon to be organized at Annapurna base camp

Prakash Adhikari May 26, 2025

Adventure half marathon to be held in Kanchenjunga base camp

Prakash Adhikari February 17, 2025

The Soaltee Hotels & Resorts Expands Its International Presence in Frankfurt, Germany

Prakash Adhikari January 9, 2025

Follow Us पेज लाइक गर्नुहोस

Aasha News

आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले
आशा मिडिया प्रा. लि. को स्थापना भएको हो ।

हाम्रो-टिम

  • संस्थापक अध्यक्ष : विश्वनाथ दाहाल
  • प्रधान सम्पादक : प्रकाश अधिकारी
  • कानुनी सल्लाहकार : विद्याकान्त अधिकारी

सम्पर्क ठेगाना

  • आशा मिडिया प्रा. लि. का लागि अध्यक्ष प्रकाश अधिकारी द्वारा प्रकाशित
  • +९७७ (०१) ४४२८१२८, ९८५११११२५३
  • info@aashanews.com
  • कामनपा – २६, सामाखुशी काठमाडौं ।

© २०१७, आशा मिडिया प्रा. लि. मा सुरक्षित. Regd No:712 -2074/75