Prakash Adhikari August 31, 2018

 

सानेपा(ललितपुर), १५ भदौ । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिको प्रवक्तामा रमेश लेखक तोकिनुभएको छ ।

नेपाली कांग्रेसले विधान संशोधनका लागि गठन गरेको समितिका संयोजक पार्टी महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको बेठकले सो निर्णय गरेको हो ।

संशोधन समितिका सचिव केशवप्रसाद रिजालले जारी गर्नुभएको विज्ञप्ति अनुसार नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिका निर्णयहरु तथा समितिका आधिकारिक धारणा सार्वजनिक गर्नका लागि समितिका सदस्य रमेश लेखकलाई प्रवक्ता तोक्ने निर्णय भएको छ ।

बैठकले विधान संशोधनको कार्यलाई सुव्यवस्थित ढंगले सम्पादन गर्नका लागि तीनवटा उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ ।

पार्टीको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषय तथा सिद्धान्तहरुको पहिचान पश्चात प्रारम्भिक मस्यौदा एक हप्ता भित्र तयार गरी समिति समक्ष प्रस्तुत गर्नका लागि संरचना सम्वन्धि उपसमिति,कार्यविभाजन सम्वन्धि उपसमिति,अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्वन्धि उपसमिति गठन गर्ने निर्णय भएको छ ।

Share Now

Leave a comment.