Prakash Adhikari January 2, 2026

काठमाडौँ, १८ पुस : प्रेस काउन्सिलका पूर्वसदस्य, साहित्यकार तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको आज ८६ वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय बेलवासे दुई महिनादेखि कलेजोसम्बन्धी रोगको उपचार गराइरहनुभएको थियो ।

बेलवासेका एक श्रीमती र तीन छोरा हुनुहुन्छ । पत्रकार बेलवासे उहाँको कान्छो छोरा हुनुहुन्छ ।

Share Now