Prakash Adhikari January 3, 2026

काठमाडौं, १९ पौष । हेल्प नेपाल स्पोर्ट्स क्लब लगातार तेस्रो पटक एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा शनिबार सम्पन्न खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई सिधै ३–० सेटमा पराजित गर्‍यो। लगातार तीन सेटमा दबाब कायम राख्दै हेल्प नेपालले सशक्त प्रदर्शन गरेको थियो।

हेल्प नेपालले पहिलो, दोस्रो र तेस्रो सेट समान २५–२१ ले जित्दै खेल एकतर्फी बनायो। आक्रामक स्पाइक, मजबुत ब्लक र प्रभावकारी समन्वयका कारण त्रिभुवन आर्मी क्लब खेलमा फर्किन सकेन।

Share Now