Prakash Adhikari January 7, 2026

 

काठमाडौँ, २३ पौष। जलस्रोत,सिंचाई ऊर्जा एवम् शहरी विकास,भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउनुभएको छ ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो।

२७ गते प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले उहाँलाई गत भदौ ३० गते जलस्रोत।,सिंचाई तथा ऊर्जामन्त्रीमा नियुक्त गर्नुभएको थियो । उहाँलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।

अन्तरिम सरकारका मन्त्री बन्नुभएका घिसिङ त्यसपछि राजनीतिमा लाग्नुभयो । उहाँ उज्यालो नेपाल पार्टीको संरक्षक बस्नुभयो । निश्पक्ष निर्वाचन गराउने दायित्व बोकेको सरकारका मन्त्री पार्टी खोलेर पार्टी गतिविधिमा संलग्न भएको पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न आदेश दिनुभएको थियो ।

गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच पार्टी एकीकरण सम्बन्धमा ७ बुँदे सहमति भएको थियो ।

उहाँहरुबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको थियो । घिसिङ रास्वपाको दोस्रो वरीयताको नेतासहित उपसभापति हुने सहमति भएको थियो । त्यसले उहाँ प्रत्यक्ष पार्टी राजनीतिमा संलग्न भएको देखियो ।

Share Now