काठमाडौं, २८ पौष । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौं बार्षिक सााधारण सभा यही पौष २५ गते शुक्रवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडांै सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०-८१ तथा आर्थिक बर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०-८१ तथा आर्थिक बर्ष २०८१-८२ एनएफआरएस बमोजिम को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
उक्त साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक बर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु.५अर्ब ३ करोड १२ लाख ३२ हजार (अक्षरुपी : पाँच अर्ब तिन करोड बाह्र लाख बतीस हजार मात्र) को ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश(बोनस शेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो ।
साधारण सभामा संचालक किरण के.सीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उक्त सभा कम्पनी सचिव बिनोद शर्मा पौडेलले संचालन गर्नुभएको थियो ।


















