Prakash Adhikari September 8, 2018

 

दोहा( कतार)२२ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति कतारको सनैया ईकाई कमिटिको तेश्रो अधिवेशन सम्पन्न भएको छ l

अधिवेशनले बोमबहादुर बस्नेतको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ l सभापति बोमबहादुर बस्नेत , उपसभापति जितेन्द्र बेल्वासे उपसभापति इन्द्रबहादुर ओलि , सचिव रामु बेल्वासे , सह- सचीव तोरन क्षेत्री, कोषाध्यक्ष प्रकाशचन्द्र दाहाल , सह कोषाध्यक्ष मनोजकुमार मन्डल , सदस्यहरुमा धनबहादुर बुढाऐर, माधव भट्ट, खड्गबहादुर बढाऐर , इन्द्रबहादुर थापा रहेका छन l

कमिटिका अधिवेशन तयारि समिति संयोजक सनैया इकाइका अध्यक्ष राजेन्द्र पान्डेको सभापतित्वमा र बालाराम पान्डेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि जनसम्पर्क समिति कतारका कावा सभापति शंकर न्यौपाने विशिष्ट अतिथिहरुमा जनसम्पर्क कतारका बिधान मस्यौदा संयोजक तथा महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह , का वा इकाईहरुको अधिवेशन संयोजक तथा जनसम्पर्क समितिका का वा महामन्त्री केदार भुसाल सल्लाहकार मो शाकिर अलि , अतिथि ठाकुर कुमार परियार , राम कुमार मन्डल , याकुब राइन , कमल अर्याल , भुबन साउथ , केन्द्रीय सदस्यहरु लगायत रहेका थिए

सनैया को ग्रेन्डमहल नजिक एक होटेलमा सम्पन्न उक्त अधिवेशन पछी बनेको नया कार्यसमितिले सल्लाहकारहरु पनि चयन गरेको छ निवर्तमान सभापति राजेन्द्र पान्डे सल्लाहकार संयोजक र बलराम पान्डे , भुवन साउथ , बिष्णु कुवर रमेस सप्कोटा सल्लाहकार सदस्य रहेका छन् l

Share Now

Leave a comment.