Prakash Adhikari September 8, 2018

काठमाडौं, २३ भदौ । सशस्त्र प्रहरी बल नेपालले एकै पटक २ हजार ४० जना प्रहरी माग गरेको छ। सशस्त्रले १ हजार ९ सय ३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्म कर्मी र १० जना केसकर्तक माग गरेको छ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, नम्बर एक बाहीनी पकली सुनसरी, नम्बर दुर्इ बाहानी बर्दिबास महोत्तरी, नम्बर चार बाहीनी पोखरा, नम्बर ६ बाहीनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरीया कैलाली, तालिम शिक्षालय बर्दघाट र नौबस्ता बाँकेबाट पाइनेछ।

जवानको लागि न्युनतम ८ कक्षा पास गरे पुग्छ। जवानको लागि न्युनतम १८ वर्ष पुगि २१ वर्ष ननाघेको हुनु पर्छ भने परिचरको हकमा १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनु पर्छ।
हेर्नुहोस विज्ञापन :

https://drive.google.com/open?id=1gTbGPM3Nam7cobjRvh_ftRz0IHMC59XT

Share Now

Leave a comment.