Prakash Adhikari March 29, 2026


काठमाडौं,१५ चैत्र। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटअन्तर्गतको अन्तिम खेल खेल्ने टोलीलाई सुटुक्क लाओस पठाएको छ।

नेपालले अन्तिम खेल ३१ मार्चमा लाओसको भियन्टाइनमा लाओसविरुद्ध खेल्दैछ।

यो खेल नेपालको घरेलु मैदानमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियोे। तर, उक्त खेल लाओस नै सारिएको हो। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २६ मार्चमा हङकङविरुद्ध हुने तय भएको मैत्रीपूर्ण खेल पनि रद्द भएको थियोे।

एन्फाले लाओसविरुद्व खेल्न शनिबार टोली थाइल्यान्डको बैंकक हुँदै पठाएको छ।

छनोटको समूह एफमा रहेको नेपाल र लाओसको समान ३ अंक छ। दुवै टोलीको छनोट चरणमा अगाडि बढ्ने बाटो रोकिइसकेको छ।

Share Now