Prakash Adhikari April 29, 2026

काठमाडौं, १६ बैशाख । नेपालको शेयर बजार बुधवार पनि ओरालो लागेको छ ।

बुधबार धितोपत्र बजार २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ।

बुधबार २ सय ६९ स्टकको एक करोड २१ लाख ४ हजार १ सय ७८ कित्ता शेयरको खरिदबिक्रीबाट चार अर्ब ९५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । खरिदबिक्री भएको छ ।

मंगलबार नेप्से परिसूचक २६.१६ अंक घटेर २७७०.२६ विन्दुमा रोकिएको थियो भने सो दिन २ सय ६९ स्टकको १ करोड ४० लाख १८ हजार ९ सय २० कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधवार करोबारमा आएका स्टकहरु मध्येमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक बढेको देखिन्छ । यस बैंकको शेयर मूल्य १३.८१ प्रतिशतले बढेर कारोबार भएको हो । नेपाल लाईफ समृद्धि लगानी योजनाको इकाई मूल्य ३.८७ प्रतिशतले बढेर खरिदबिक्री भएको छ । १० प्रतिशत केविएल डिवेञ्चर २०९० को मूल्य सर्वाधिक ११.४६ प्रतिशतले घटेको छ भने शिखर पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले घटेको हो।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

नेपालको शेयर बजारमा वर्गीकृत १३ उपसमूहमध्येमा ३ उपसमूहको सूचक सकारात्मक भएको छ भने १० यप समूहको सूचक नकारात्मक भएको हो । बुधबारको बजारमा ब्यापार उपसमूहको परिसूचक १.०९ प्रतिशतले बढेको छ । विकास बैंक र म्यूचुअल फण्डको उप समूहको सूच सामान्य अंकले बढेर बन्द भएको हो। त्यसैगरी, आजको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक घटेको छ। र्निजीवन बीमा, होटल र जविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now