काठमाडौं, २९ असार । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यस दिन सुन प्रतितोला २ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। आईतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।








