एटलाण्टा(संयुक्त राज्य अमेरिका), ३२ आषाढ । एटलान्टा स्टेडियममा जारी अर्जेन्टिना र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले अग्रता लिएको छ । खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
.
फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको हो ।
उनले मोर्गन रोजर्सको असिस्टमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।








