ब्रोडपिक,बेसक्याम्प(पाकिस्तान),२० साउन । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ)सहित चार आरोहीको शव आज आधार शिविर ल्याइएको छ ।
प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले यसको पुष्टि गर्नुभएको हो । उहाँका अनुसार पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको छ ।
शव संकलन मिङ्मा जीको नेतृत्वमा भएको थियो । सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँका अनुसार तीन आरोहीको शव अझै भेटिएको छैन ।
गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० मृत्यु भएको थियो ।








