Prakash Adhikari August 30, 2026

बट्टार(नुवाकोट), १३ भाद्र । नेपाल सरकारको अनुरोधमा चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको पाँचजना चिनियाँ सुरुङ विज्ञहरू भाद्र १३ गते शनिवार आइपुगेका छन् ।

उनीहरु हेलिकप्टरबाट तिब्बत)सिजाङ)को ग्याइरोङबाट हेलिकप्टरमा पीडितको खोजी र उद्धार आधार शिविर नुवाकोटको बट्टार आए र तुरुन्तै नेपालको जलविद्युत केन्द्रमा सुरुङ उद्धार कार्यमा सामेल भएका थिए।

अरु चार चिनियाँ सुरुङ विज्ञहरूलाई तुरुन्तै नेपाल पठाइने जानकारी नेपालस्थित चिनिया राजदूतावासले दिएको छ ।

Share Now