Prakash Adhikari October 13, 2018

बेनी(म्याग्दी), २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित गुर्जा हिमाल आरोहणमा गएको कोरियाली टोली हिम पहिरोमा परेको छ ।

हिम पहिरोमा पुरिएर बेपत्ता भएका नौ जनामध्ये ७ जनाको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ।

गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये सात जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी दिनुभएको छ।

आधार शिविरमा पर्यटकको शव भेटिएको गुर्जाका स्थानीयले खबर दिएपछि उद्धारको लागि पुगेको हेलिकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको थियो।

आधार शिविरमा वास बसेको टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

असोज २१ गते ७ हजार १ सय ९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपालीसहितको टोली आधार शिविरमा पुगेको थियो।

सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियाली नागरिक आधार शिविरमा पुगेका थिए। आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्कसमेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागि गएका स्थानीयवासीको टोलीले उनीहरु मृत अवस्थामा भेटिएको पुष्टि गरेका थिए ।

ुएक दिनमात्रै बसेर फर्कने गरि गएको टोली नै दुर्घटनामा परेकोले असोज २४ गते नै दुघैटना भएको अनुमान गरिएको छ ।

Share Now

Leave a comment.