काठमाडौं,२७ असोज । आईसीसी टि २० बिश्वकप पूर्वी एशिया छनौट च्याम्पियन बनेको नेपाली क्रिकेट टोली शनिवार दिउँसो नेपाल आइपुगेको छ ।विजेता टोलीमा युवा खेलाडीद्धय सन्दीप लामिछाने र शरद् भेषवाकर भने सम्मिलित थिएनन् । सन्दीप अफगानिस्तान प्रिमियर लिग खेल्न शुक्रबार राती नै युएई प्रस्तान गरिसकेका छन् भने शरद् मलेशियामा लेभल २ को प्रशिक्षक तालिमको लागि बसेका छन् ।
त्रिभुवन अन्तराष्टिय विमानस्थलको आगमन कक्षबाट बाहिरिएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली टीमको अबको लक्ष्य टी-२० विश्वकप भएको बताएका छन् । उनले त्यसको पहिलो खुड्किलो सहज रुपमा पार भएकोले बाँकी दुई खुड्किला पनि पार गर्न सकिनेमा टीम विश्वस्त रहेको बताए ।
नेपालले अब छनोटको दोश्रो चरणमा एसिया फाइनल खेल्नेछ, जहाँ एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपाल, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । एसिया छनोटका शीर्ष दुई टोलीले टी-२० विश्वकप छनोट खेल्नेछन् ।
विश्वकप छनोटमा अघिल्लो पटक टी-२० विश्वकप खेलेका र विश्व वरियतामा ११ देखी १६ को स्थानमा रहेका ६ देश र एशिया,युरोप,अफ्रिका र अमेरिकाको क्षेत्रीय छनोटबाट आएका ८ गरी १४ देशबीच प्रतिस्पर्धा हुनेछ । त्यसमध्य शीर्ष ६ टिमले टी-२० विश्वकपमा स्थान बनाउनेछन् । टी-२० विश्वकप २०२० मा अष्टेलियामा हुनेछ ।
यसअघि पहिलो पटक टी-२० विश्वकप खेल्दा नेपालले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
कप्तानद्धारा प्रशिक्षणको माग
नेपाली टीमका कप्तान पारस खड्काले यस चरण तुलनात्मक रुपमा सहज रहेको बताउदै टी २० का बाँकी दुई चरण पार गर्न नेपाली टीमलाई राम्रो प्रशिक्षणको आवश्यकता रहेको बताएका छन् ।
उनले ब्याटिङ, बलिङ र फिल्डिङमा छिटो कन्सलट्यान्टलाई टीमलाई सशक्त बनाउन आग्रह गरेका छन् ।
केही महिना अगाडि मलेशियामा नै सम्पन्न आईसीसी एशिया कप छनौट चरणमा नेपालले कमजोर व्याटिड.का कारण अवसर गुमाउन परेको थियो । नेपालले ब्याटिड.को ओपनिडंमा पनि सुधार गर्नुपर्ने खाँचो छ । यसपटक प्रतिस्पर्धीहरु कमजोर परेको मौकाको सदुपयोग गर्दै अन्तराष्टिय खेलमै अनिलकुमार साह, विनोद भण्डारी र प्रदिप ऐरी मध्ये दुईको ओपनिङ जोडी बनाइएको थियो । एक खेलमा प्रदिपले राम्रो गरे ।अनिलको प्रदर्शन औसत रहृयो। अबका अभ्यास खेलमा र टी(२० विश्वकपको छनोट अघिसम्म ओपनिङ जोडीको खोजी जारी रहनेछ ।
सन्दिपलाई २ वटा अवार्ड
प्रतियोगितामा अद्भुत प्रदर्शन गर्दै २४ विकेट लिए बापत सन्दिप प्रतियोगिताकै उत्कृस्ट बलर तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत घोषित भएका छन्। उत्कृस्ट ब्याट्सम्यान भने सिंगापुरका सुरेन्दरन चन्द्रमोहन घोषित भए जसले ६ खेलमा १४८ रन बनाएका थिए।

सन्दिप पछि प्रतियोगिताकै दोश्रो धेरै विकेट लिने खेलाडी ललित राजबंशी रहे जसले ६ खेलमा ११ विकेट लिए। सुचीको १२ औं र १३ औं स्थानमा बसन्त रेग्मी र करन केसी ६/६ विकेट सहित रहेका छन्।
नेपालको सिनियर टिमको लागि डेब्यु गरेपछि सन्दिप उत्कृस्ट खेलाडी चुनिएको दोश्रो पटक हो। यस अघि यसै बर्ष बिश्व क्रिकेट लिग डिभिजन-२ मा ६ खेलमा १७ विकेट लिएपछि उनि उत्कृस्ट खेलाडी चुनिएका थिए। यु-१९ स्तरमा भने यस अघि सन्दिप गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेटनै लिंदै प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भएका थिए।






















