Prakash Adhikari October 29, 2018

थाइल्याण्ड,११ कार्तिक । थाइल्याण्डमा भएको एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटतर्फ हेड टु हेडका आधारमा भारतलाई पछि पार्दै नेपाल दोस्रो चरणका लागि छनौट भएको छ ।

समूह बी तर्फको दोस्रो खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० ले स्तब्ध पारेको थियो । यद्यपि नेपाल विरुद्धको खेलमा २–० को हार बेहोर्नु पनि भारतका लागि महँगो साबित भईदियो । नेपालले आइतबार नै पाकिस्तानलाई ९–० ले हराएको थियो ।

आयोजकको हैसियतले थाइल्याण्ड यसअघि नै फाइनल चरणका लागि छनौट भईसकेको छ । समान ६–६ अंक भए तापनि नेपाल दोस्रो स्थानमा छ र हेड टु हेडका आधारमा भारतलाई पछि पार्दै दोस्रो चरणका लागि छनौट भएको छ ।

यो नतिजा थाहा पाएपछि भारतले स्टेडियम मै विरोध समेत गरेको थियो । दोस्रो चरणतर्फ नेपालसहित, अष्ट्रेलिया, दक्षिण कोरिया, म्यानमार, इरान, उज्वेकिस्तान र भियतनाम पनि छनौट भएका छन् ।

Share Now

Leave a comment.