Prakash Adhikari November 2, 2018

काठमाडौं, १६ कार्तिक । निजी क्षेत्रमा निकै आक्रामक ढंगले अगाडि बढदै आएको प्रभु बैंक लिमिटेडले निकट भविष्यमा सञ्चालनमा आउने देशका सात प्रदेशमध्ये ६ प्रदेशका विभिन्न नगर तथा गाँउपालिकाहरुमा थप गरिने शाखाहरुमा काम गर्नका लागि शाखा प्रबन्धक, कनिष्ठ अधिकृत, कनिष्ठ सहायक,सहायक सुपरीवेक्षक, कनिष्ठ प्रशिक्षाथी सहायर्क लगायतका पदहरुमा १०० भन्दाबढी योग्य कर्मचारीको माग गरेको छ ।

बैंकले प्रदेश नं १ को फुड.लिड.,चन्द्रगढी,उर्लाबारी,तीनपैनी, खाँदवारी, गाईघाटमा प्रदेश ३ को ढुंगेधारा । बनस्थली, महालक्ष्मी, कीर्तिपुर,बालकोट, सुकेधारा, बल्खु,चापागाँउ, धर्मस्थली । जरंखु,, र साँखुमा प्रदेश नं ४ को डुम्रे र वारपाकमा, प्रदेश नं ५ को लमही,चन्द्रोटा र बलेटक्सारमा, प्रदेश नं ६ को सेफोक्सुण्डो र खप्रुनाथ गाँउपालिकामा, प्रदेश नं ७ को अत्तरीया,टिकापुर,झलारी,पुनर्वास,साँफेबगर र नवदुर्गा (गाँउपालिका)मा खुल्ने शाखाहरुको लागि कर्मचारी माग गरेको हो ।

प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि १२ कक्षा पासले आवेदन गर्न सक्नेछन भने अन्य पदकालागि न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ ।

बिहिबार सार्वजनिक भएको विज्ञापनमा निवेदन दिने समय १५ दिनको रहेको छ । आवेदकहरुले नोभेम्बर १५ को कार्यालय समयभित्र चाहेको पदमा आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस विज्ञापन जस्ताको तस्तै :

Share Now

Leave a comment.