Prakash Adhikari November 4, 2018

 

इस्लामावाद(पाकिस्तान),१८ कार्तिक(बीबीसी)।  सर्वोच्च अदालतले बुधवार आसिया बीबीलाई सफाइ दिएपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शनहरू भएका छन्।यस क्रममा पाकिस्तानका एकजना वकिलले आफ्नो जीवन खतरामा रहेको भन्दै देश छाडेको बताएका छन्।

उनी विगतमा धर्मनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाइएकी एक इसाई महिलाका कानुन व्यवसायी थिए।

मुस्लिम धर्मगुरू पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा आसिया बीबीलाई सन् २०१० मा दोषी ठहराइएको थियो।

सर्वोच्च अदालतले बुधवार उनलाई सफाई दिएपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शनहरू भएका थिए।

प्रदर्शन
धार्मिक कट्टरपन्थीहरूले गरेको तीन दिन लामो हिंसात्मक प्रदर्शनपछि पाकिस्तानको राजधानी इस्लामावाद र अन्य प्रमुख शहर बल्ल सामान्य अवस्थामा फर्किएका छन्।

सडक अवरोधहरू हटाइएका छन् र विद्यालयहरू फेरि खुलेका छन्।

आसिया बीबीलाई निर्दोष ठहराउने निर्णयविरूद्ध प्रदर्शन गरिएको थियो।

आसिया बीबीको पक्षमा कानुनी लडाइँ लडन म बाँच्न जरूरी छ।
सैफ अल मुलूक, विस्थापित एक पाकिस्तानी वकिल
उनका वकिल सैफ अल मुलूकले वर्तमान परिस्थितिमा आफ्नो लागि पाकिस्तानमा बस्न सम्भव नभएको बताए।

डर
युरोपतर्फ उड्नुअघि उनले समाचार संस्था एएफपीसँग भने, “आसिया बीबीको पक्षमा कानुनी लडाइँ लड्न म बाँच्न जरूरी छ।”

उनले पाकिस्तानको एक्सप्रेस ट्रिब्युनसँगको कुराकानीमा आफ्नो पक्षको कानुनी प्रतिरक्षाको निम्ति देश फर्किने तर सरकारले सुरक्षा उपलब्ध गराउनुपर्ने बताए।

प्रदर्शन
सर्वोच्चको आदेश विरुद्धको निवेदनको विरोध नगर्ने कुरामा सरकारले सहमति जनाएपछि प्रदर्शन रोकिएको हो।

अदालतको निर्णयप्रतिको असन्तुष्टिका बीच आसिया बीबीको सुरक्षाबारे पनि चासो प्रकट भएका छन्।

आरोप
तर, सरकारले उनको सुरक्षाको निम्ति आवश्यक हरेक कदम उठाउने जनाएको छ।

पाकिस्तानमा धर्मनिन्दा भनिएका विषयलाई लिएर सन् १९९० यता कम्तीमा ६५ जनाको हत्या भएको बताइएको छ।

छिमेकीहरूसँगको झगडाका क्रममा पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा आठ वर्षदेखि जेल जीवन बिताउँदै आएकी ती महिला आसिया बीबीले आफू निर्दोष रहेको बताउँदै आएकी थिइन्।

Share Now

Leave a comment.