शारजहाँ(संयुक्त अरब इमिरेट्स),६ मंसिर । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले युएईमा जारी टी–१० क्रिकेटको दोस्रो खेलमा पनि विकेट लिएका छन ।
टस हारेर पहिले ब्याटिङ गरेको केरालाले दिएको एक सय चार रनको लक्ष्य पक्ष्याएको सिन्दीजका लागि बलिङ गर्ने क्रममा सन्दिपलो दुई ओभरमा १४ रन खर्चिएर एक विकेट लिए ।
पहिलो खेलमा तीन विकेट लिएका सन्दिपले आजपनि किफायती बलिङ गरे ।
केराला किंग्सले दिएको १०४ रनको लक्ष्य सिन्धिजले १ विकेटको क्षतिमा आठौं ओभरमा १४ ओभर बाँकी रहदा नै पूरा गरेको थियो ।


















