भर्खरै चिकित्सकले दिनुभएको जानकारीअनुसार उहाँ खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिए ।
काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री समेत हुन ।


















