
ढाका(बंगलादेश), २५ पुस । बंगलादेश प्रिमियर लिगमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध बंगलादेशको सिलहेट सिक्सर्सले चिट्टगाव भाईकिड.लाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ढाकाको शेरे बांग्ला राष्ट्रिय रंगशालामा दिउँसो १२ः१५ बजे सुरु भएको खेलमा टस जितेर सन्दीपको सिलहेट सिक्सर्सले फिल्डिड. रोजेको थियो ।
२० ओभरको निर्धारित खेलमा सिलहेटले ५ विकेट गुमाउदै १ सय ६८ रन बनाएको हो ।
सिलहेटका लागि कप्तान डेभिड वार्नरले ५९ ,एन पुरनले ५२, आफिफ होसेन ४५, र आलोक कपालीले २ रन बनाए । बलिड. तर्फ आर फ्राई लिंकले तीन र नयम हसन र खालेद अहमदले एक एक विकेट लिएका थिए ।
यस अगाडि भएको सिक्सर्सको पहिलो खेलमा नेपाली स्टार सन्दीपले २ विकेट लिएका थिए । उनले चार ओभरमा जम्मा १६ रन बनाउने मौका दिएका थिए ।