सानोठिमी(भक्तपुर),२४ पुस । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा गत असार ३० गते लिएको प्राथमिक तहमा कार्यरत अस्थायी शिक्षकहरुको परीक्षा मध्ये काठमाडौंबाट लिखित परीक्षामा सम्मिलित हुने उम्मेद्वारहरुको नतिजा प्रकाशन गरेको छ ।
पुस २२ गते नतिजा प्रकाशित गरी आयोगको वेभसाईटबाट सार्वजनिक गरिएको विवरण अनुसार विज्ञापन नं १०१ अन्तरगतको परीक्षामा सम्मिलित शिक्षक मध्ये ९ जना पास भएका छन् । २५जना दरबन्दीमा माग गरिएकोमा १९ जनाले जाँच दिएका थिए ।
विज्ञापन नं १०२ अन्तरगत जाँच दिने शिक्षकहरुका १५२ जना पास भएका छन् । २८६ जनाको दरबन्दीका लागि लिइएको यो परीक्षामा २२३ जना शिक्षक सहभागी भएका थिए ।
त्यस्तै विज्ञापन नं १३० अन्तरगत ३७ जना छनौट भएका छन् । ३० जनाको दरबन्दीका लागि भएको यो परीक्षामा ५४ जना शिक्षकहरु सहभागी भएका थिए ।
आयोगले लिखित परीक्षामा उत्तीर्ण हुनुभएका शिक्षकहरुलाई आयोगले आगामी माघ २ र ३ गते शिक्षा विकास तथा
समन्वय इकाइ, भक्तपुरमा हुने अन्तरवार्ताको लागि उपस्थित हुन सूचित गरेको छ ।
आयोगले जनाए अनुसार वि.नं. १०१ र १०३ का सवैर वि. नं. १०२ को सि.नं. १ देखि ५२ सम्म २०७५ माघ २ गते विहान ८ः०० वजेदेखि पहिलो र दिउँसो १ः०० वजेदेखि दोश्रो सिफ्टमा र वि. नं. १०२ को सि.नं. ५३ देखि १५२ सम्म २०७५ माघ ३ गते बिहान ८ बजेदेखि र दिउँसो १ बजेदेखि अन्तरवार्ता हुनेछ ।
आयोगले परीक्षाको नतिजामा चित्त नबुझ्ने उम्मेदवारहरुलाई पुनर्योगको लागि मिति २०७५ पुस २८ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु.२५०।– राजस्व दस्तुर बुझाइ प्रवेशपत्रको प्रतिलिपि सहित निवेदन दिन पनि सूचित गरेको छ ।
हेर्नुहोस लिखित परीक्षामा पास हुनेहरुको नामावली :


















