Prakash Adhikari January 9, 2019

ढाका(बंगलादेश), २५ पुस । बंगलादेश प्रिमियर लिग अन्तर्गत सेलहेट सिक्सर्सको दोश्रो खेलमा सन्दीप लामिछानेको टिम सिलहेट सिक्सर्सले चिट्टागोङ्ग भिकिङ्ग्सलाई रोमान्चक खेलमा ५ रनले पराजित गरेको छ।

यस अघि लिगको पहिलो खेलमा सन्दिपको टिम कोमिल्ला भिक्टोरीयन्ससंग ४ विकेटले पराजित भएको थियो।

खेलमा पहिले ब्याटिंग गर्दै सिलहेटले दिएको १सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा चिट्टगाव भाईकिंग्सले १ सय ६३ रन बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा चिट्टागोङ्गको लागि रोबी फ्राईलिंकले अविजित ४४ रन , डेल्पोर्टले ३८, सिकन्दर राजा ७३, मोहम्मद आश्रफूल २२, मोसाद हुसेन ७, मोहम्मद साहदजात ६,मुसफिर रहिमले ५ र सुन्जामूल इस्लामले २ रन बनाए।

आजको खेलमा चार ओभर खेल्दा पनि बलिड.म विकेट लिने भाग्य नजुरेका नेपाली क्रिकेट स्टार सन्दीपले फिल्डिड.मार्फत एक जना महत्वपूर्ण खेलाडीलाई रन आउट गर्दै विकेट लिए ।

इनिंगको आठौँ ओभरमा सन्दिपले सानदार फिल्डिंग गर्दै खतरनाक बनिरहेका ब्याट्सम्यान क्यामरन डेल्पोर्टलाई मैदानबाहिर पठाएका थिए । २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरिसकेका दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर डेल्पोर्टले १ रन लिन खोज्दा सन्दिपले पोइन्टबाट डाइरेक्ट थ्रो गर्दै रन आउट गरेका थिए।

खेलको सातौँ ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले त्यसमाले ४ रन मात्रै खर्चिए। उनले दोश्रो ओभरमा मात्र ३ रन खर्चिए। दोश्रो बलमा सन्दिपले मोसद्दक हुसेनलाई एलबिडब्लु अपिल गरेका थिए जसलाई अम्पायरले नकारेपछि उनले रिभ्यु लिएका थिए। रिभ्यु लिए पनि बल लेग स्टम्प बाहिर गएकोले सन्दिपले विकेट लिन सकेनन्।तेस्रो ओभरमा सन्दिपले ५ रन खर्चिए ।चौथो ओभरमा अन्तिम बलमा सिकन्दर राजाले चौका प्रहार गरेपछि ९ रन बनाउने मौका दिए उनले ।

४ ओभरमा जम्मा २१ रन दिएका सन्दीपले आफ्नो टीम सिलहेट सिक्सर्सलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेले ।

Share Now

Leave a comment.