Prakash Adhikari January 26, 2019

दुबाई(संयुक्त अरब इमिरेट्स), १२ माघ । एक दिवसीय र टी २० सेरिज खेलका लागि संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको नेपाली राष्टिय क्रिकेट टिमले शनिवार भएको एकदिवसीय श्रृखलाको दोस्रो खेलमा प्रतिस्पर्धी घरेलु टिमलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको छ ।

नेपालले हालसम्म खेलेका पाँच वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै सबैभन्दा ठूलो रन अन्तरको जित हो । नेपालले हालसम्म खेलेका एकदिवसीय अन्तरराष्ट्रिय खेलमा यो दोश्रो जित हो। नेपालले नेदरल्याण्डसंग गत बर्ष खेलेका दुई खेलमा एक खेल जितेको थियो । गत अगष्टमा मलेशियामा यूएईसंग भएको अर्को खेलमा नेपाल पराजित हुन पुगेको थियो । युएई भ्रमण श्रृखलाको शुक्रबार भएको पहिलो खेल पनि ३ विकेटले पराजित हुन पुगेको थियो ।

आजको जीतसंगै यूएई भ्रमणको पहिलो एकदिवसीय खेलमा पराजित भएको नेपालले सिरिज १(१ ले बराबरी गरेको छ।

आईसीसी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४२ रनको योगफल तयार गरेको थियो।

नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा युएईले १९.३ ओभरमा ९७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

सोमपाल र सन्दीप चम्किए

नेपालले दिएको २४३ रनको लक्ष पछ्याएको युएईले सुर्वती २९ रनको योगफलमा ४ विकेट गुमाउन पुगेको थियो। सुरुवाती ४ विकेट सोमपाल कामीले लिएका थिए ।

त्यसपछि पनि युएईको विकेट जाने शिलशिला रोकिएन र सन्दिप लामिछानेले पनि ४ विकेट लिंदा युएई धरासायी बन्न पुग्यो। सन्दिपले १५ औं ओभरमा ३ विकेट लिएका थिए।

युएईको लागि मोहम्मद उस्मानले २६, अश्फाक एहमदले २० तथा कप्तान मोहम्मद नबिदले १९ रन योगदान दिए।

सोमपाल कामिले करियरकै उत्कृस्ट बलिङ्ग गर्दा ६.३ ओभरमा १ मेडन ओभर सहित ३३ रन खर्चेर ५ विकेट लिए। यस्तै सन्दिप लामिछानेले ४ विकेट लिन १ मेडन ओभर सहित २४ रन खर्चे। करण केसीले गरेको बलिड.मा एक रन लिएका मोहम्मद नविदलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेपछि नेपालले एक विकेट रनआउटको रुपमा प्राप्त गर्यो।

सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिएको पहिलो पटक हो भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि बलरले ५ विकेट पुरा गरेको यो पहिलो अवसर हो। यस भन्दा अघि सन्दिप लामिछानेले युएईसंग एसिया कप छनौट प्रतियोगितामा ४ विकेट लिएका थिए भने नेदरल्याण्डसंग गत वर्ष एकदिवसीय सिरिजमा पारस खड्काले पनि ४ विकेटनै लिएका थिए।

सोमपालले आफ्नो बलिङ्ग करियरमा ५ विकेट लिएको यो दोश्रो पटक हो। यस भन्दा अघि उनले युएईसंग बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा ५ विकेट लिएका थिए।

Image may contain: 2 people, people smiling, people standing

नेपाली खेलाडी सोमपाल कामी प्लेयर अफ द म्याच घोषित भए ।

नेपालको ब्याटिंग

टस जितेर पहिले ब्याटिंग गरेको नेपाललाई ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले राम्रो सुरुवात दिलाए। पहिलो विकेटको लागि दुवैले ६१ रनको साझेदारी गरे।

बिनोद १६ औं ओभरमा अमिर हयातको बलमा क्याच आउट भए भने १९ औं ओभरमा मल्ललाई जहुर खानले क्याच आउट गराए। बिनोदले २१ रन तथा ज्ञानेन्द्रले ४४ रनको योगफल तयार पारे।

दुवै ओपनर पेभेलियन फर्किए पछि नेपालले लगातार विकेट गुमायो। १० रन बनाएका दिपेन्द्र ऐरि अस्फाक एहमदको बलमा एलबिडब्लु आउट भए भने पाँचौ नम्बरमा ब्याटिंग गरेका पवन सर्राफ पनि ८ रन बनाएर इमरान हैदरको बलमा लंग अनमा ठूलो सट लिने प्रयास गर्दा क्याच आउट भए। २१ रन बनाएर एउटा किनार सम्हालिरहेका कप्तान पारसलाई पनि हैदरले एलबीडब्लु आउट गरे। खड्काले ३१ बलमा १ चौका हिर्काए।

Nepal

नेपाललाई त्यसपछि सिरिजमा पहिलो खेल खेलीरहेका रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय साझेदारी गर्दै अघि बढाए। ८२ रनको साझेदारी गर्दै नेपालको योगफल २०० नजिक पुर्याएपछि आरिफ ४५ औं ओभरमा इमरान हैदरको एलबीडब्लुमा परे। आरिफले २९ रन बनाउन ४९ बलमा २ चौका प्रहार गरे।

आरिफको विकेटपछि रोहित पौडेल पनि अर्धशतक पुरा गरे पछि अमिर हयातको बलमा क्याच आउट हुन पुगे। एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली ब्याट्सम्यान बन्ने क्रममा रोहितले ५५ रन बनाउन ५८ बलमा ७ चौका प्रहार गरे।

आठौं नम्बरमा ब्याटिंग गरेका करण केसीले अमिर हयातले गरेको ४७ औं ओभरमा २ छक्का प्रहार गर्दै योगफल बढाए। त्यसै ओभरमा उनि १८ रन बनाएर आउट भए जुन क्रममा ११ बलमा १ चौका र २ छक्का हिर्काए। सोमपाल कामि २ रन बनाएर आउट भए।

अन्तिममा सन्दिप लामिछानेले २ चौका प्रहार गर्दै अविजित १४ रन तथा ललित राजबंशीले अविजित ३ रन बनाउदै इनिंग समाप्ति गरे। नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २४२ रनको योगफल तयार गर्यो।

Share Now

Leave a comment.