Prakash Adhikari February 13, 2019

धनगढी(कैलाली),२९ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिगमा घरेलु टिम धनगढी स्टार्स अत्तरीयासँग ५ रनले पराजित भएको छ । प्रतियोगितामा दुई खेल खेलेको धनगढीको दोस्रो हार हो।

 

फाप्ला क्रिकेट मैदानमा अत्तरीयाले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको अत्तरीयाले २० ओभरमा ५ विकेट गुमाउदै ९५ रन बनाएको थियो ।

सीवाईसी अत्तरियाका जयकिशन कोल्सावालाले २१ रन, कप्तान दिपेन्द्र ऐरी ११ रन, प्रेम तामाङले १२ रनको योगदान दिए भने सन्दीप जोरा मात्र दुई रनमा मैदानबाट बाहिरिए ।

 

अत्तरीयाका लागि सन्नी पटेलले अविजीत ३५ रनको योगदान गरे ।

 

बलिङमा धनगढीका राहेन मुस्तफाले २ तथा सोमपाल कामी, अमिर हायात र विपीन खत्रीले एक एक विकेट लिए ।

जवाफमा धनगढी २० ओभरमा नौ विकेट गुमाउँदा ९० रनमा रोकियो । फितलो ब्याटिङ गरेका धनगढीले १० रन हुँदा पहिलो विकेट गुमायो भने ६५ रन बनाउदा ६ विकेट खेर फाल्यो । उसका ओपनर सुनील धमला चार रनमा आउट भए भने पहिलो खेलमा अर्धसतक बनाएका अमित श्रेष्ठले खाता खोल्न पाएनन ।

 

त्यसपछि विदेशी खेलाडी रोहन मुस्तफा १८ रनमा पेभेलियन फर्किदा पवन सर्राफले पनि खाताबिहिन भए । एकपछि अर्को विकेट गुमाएको धनगढीका कप्तान सोमपाल कामीपनि १० रनमा आउट हुँदा सन्दीप रजाइली मात्र ११ रनमा बाहिरीए । त्यस लगत्तै अमिर हायातपनि चार रनमा पेभेलियन फर्किएपछि धनगढीले ७० रनमा सात विकेट गुमायो । यसपछि सौरभ खनाललाई गुमाउदा उसले ८ विकेट पतन भयो ।

 

यसरी धनगढी ९० रनमा रोकियो ।

 

अन्तिम बलमा धनगढीलाइ जितकालागि ६ रन चाहिएको थियो, तर राजु रिजालले सो अपेक्षा पूरा गर्न  सकेनन् । उनले अविजीत २६ रन बनाए पनि टीम भने दोस्रो हार व्यहोर्न बाध्य भयो  ।

 

सीवाईसी अत्तरियाको  बलिङमा भुवन कार्कीले ४ तथा सन्नी पटेलले २ विकेट लिए । भुवनले ४ ओभरमा मात्र १० रन जोड्न दिए ४ विकेट लिए ।

 

Share Now

Leave a comment.