काठमाडौं,६ फागुन । लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको आवाजलाई मुखरित गरेको भन्दै गायक पशुपति शर्मालाई २५ हजारको इनाम दिने घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्यस्ता जनबोलीको गीत गाउने कलाकारलाई म आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रुपैया पुरस्कार दिन चाहन्छु ।’
उहाँले सरकारलाई कलाकार र बुद्धिजीवीको भावनालाई सम्मान गर्न पनि सुझाव दिनुभयो ।
त्यस लगत्तै नेकपाका सांसद झपट रावलले सांसद सिंहलाई भन्नुभयो, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’ उहाँले पशुपति शर्माले अज्ञानतामा सो गीत गाएको अथ्र्याउनुभएको थियो ।


















