Prakash Adhikari February 28, 2019

दुवाई(संयुक्त अरब इमिरेट्स), १७ फागुन । पाकिस्तान सुपर लिग अन्तरगत बिहिबार राती भएको खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध लाहोर क्वालन्दर्सलाई कराँची किंग्सले ५ विकेटले पराजित गरेको छ ।

दुबाई अन्तराष्टिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको सन्दीपको लाहोर क्वालन्दर्सले २०ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

१ सय ३४ रनको लक्ष्य पाएको कराँची किंग्सले ५ विकेटको क्षतिमा अन्तिम ओभरका पाँच बल रहदा लक्ष्य पूरा गर्यो ।

कराँचीका लागि एलएस लिभिड.स्टोनले ३८,इफ्तिखर अहमदले ३३, इमाद वासिमले १९, सी मुनरो १५, सीए इन्ग्राम १२, बाबर आजम ११ र मोहम्मद रिवानले २ रन बनाएका थिए ।

Image result for sandeep lamichhane psl

बलिड.मा नेपाली क्रिकेट स्टार सन्दीपले २ विकेट लिए भने हरिश रौफ,यासिर शाह र डी वाईसले समान एक एक विकेट लिए ।

यस अगाडि लाहोरको लागि सोहेल अख्तरले ३३ , एबी डेभिलियर्सले ३३ र सीजे एण्डरसनले २२,हान्स सोहेलले २०,फकिर जमालले १८, गौहर अली ४ र डि वाईस्मीले ३ रन जोेडेका थिए ।

बलिड.मा कराँची किंग्सका इफ्तिकार अहमदले २, उमर खान, मुहम्मद अमिर र अमर वासिमले समान एक एक विकेट लिए ।

नेपाली क्रिकेट स्टार सन्दीपले यस अगाडि हिजो भएको क्वेटा ग्लाडियटर्ससंगको खेलमा ४ विकेट लिएका थिए ।

त्यस अगाडि भएको क्वेटा ग्लाडियटर्सविरुद्धकै खेलमा उनले एक विकेट लिए भने मुल्तान सुल्तानविरुद्धको आफ्नो पहिलो खेलमा ३ विकेट लिएका थिए ।

पाकिस्तान सुपर लिगमा उनले ४ खेलमा १० विकेट लिइसकेका छन् ।

Pakistan Super League

TEAM M W L PT NRR
PZ 6 4 2 8 0.973
IU 7 4 3 8 0.145
QG 6 4 2 8 0.021
LQ 7 3 4 6 -0.341
KK 7 3 4 6 -0.58
MS 7 2 5 4 -0.07

६ टिम सम्मिलिट पाकिस्तान सुपर लिगमा सन्दीप लामिछाने आबद्ध लाहोर क्वालन्दर्स ६ खेलमा ६ अंक सहित चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा ८ अंकसहित पेशावर जाल्मी रहेको छ । दोस्रो र तेस्रो स्थानमा समान ८ अंक भएका इस्लामावाद यूनाइटेड र क्वेटा ग्लाडियटर्स रहेका छन् ।

 

Share Now

Leave a comment.