Prakash Adhikari March 20, 2019

बनेपा(काभ्रेपलाञ्चोक), ६ चैत्र । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र प्रहरीबीच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ भएको छ।

काठमाडौंको कमलपोखरीस्थित आँगन मिठाइ पसलमा बम राख्ने समूहका व्यक्तिहरुको टेलिफोन ट्र्याकिड. गर्दै जाँदा महानगरीय प्रहरी अपराध महाशाखाको टोली काभ्रेको रोशी गाउँपालिका पुगेको थियो । प्रहरी टोली आएर खानतलासी गर्न लागेको थाहापाए पछि उम्केका विप्लब कार्यकर्ताहरुले फलामे साँघु पारीबाट फायर खोलेका थिए । दोहोरो फायरिङमा दुवैपक्षमा हताहति भएको खबर छैन । प्रहरीले दुई जना शंकास्पद कार्यकर्तालाई पक्राउ गरिएको बताएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वमा डीएसपी रुगम कुँवरसहितको प्रहरी टोली नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुड.को घरमा विष्फोट गराउने र आँगन मिठाइ पसलमा बम राख्ने टोलीको टेलिफोन ट्र्याकिड. गर्दै रोशी गाँउपालिका पुगेको थियो ।

Share Now

Leave a comment.