काठमाडौं,१६ बैशाख । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई सदस्य साबित्रा भण्डारी र अनिता बस्नेत भारतीय महिला लिग खेल्न आज सोमबार भारत प्रस्थान गर्दैछन् ।
उनीहरु दुवै भारतीय क्लब सेथु फुटबल क्लबबाट फुटबल खेल्नेछन् ।
महिला लिगमा सहभागी कुल १४ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । सावित्रा र अनिताको टोली सेथु एफसी भने समूह बी मा परेको छ ।
भारतीय महिला लिगका सबै खेलहरु लुधियाना स्थित गुरु नानक स्टेडियममा हुनेछन् ।
स्मरणीय छ, साबित्रा र अनिताले गत बर्ष माल्दिभ्समा व्यवसायीक फुटसल प्रतियोगिता समेत खेलेका थिए ।

नेपाली महिला फुटबलको इतिहास मै पहिलोपटक बिदेशी क्लबबाट व्यवसायीक फुटबल खेल्न लागेका साबित्रा र अनितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रमका बीच बिदाई गर्यो ।
भारतीय महिला लिगको तेस्रो संस्करण खेल्न लागेका भण्डारी र बस्नेतलाई नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अन्य पदाधिकारीहरुले विदाई गरेका थिए ।


















