Prakash Adhikari May 8, 2019

लुधियाना(पञ्जाब,भारत),२५ बैशाख। नेपाली राष्ट्रिय महिला फुटबलरद्वय साबित्रा भण्डारी र अनिता बस्नेतले भारतीय महिला फुटबल लिगमा राम्रो प्रदर्शन गरेका छन् । बुधबार सम्पन्न खेलमा दुवैले एक एक गोल गरेर उनीहरु आबद्ध सेथु क्लबलाई बिजयी बनाएका छन् ।

लिगतर्फ बुधबार बिहान भएको खेलमा सेथु एफसीले बैंगलुरु युनाइटेड एफसीलाई ३–० ले हरायो ।

सेथुको जितमा खेलको ११औं मिनटमा साबित्रा भण्डारीले पहिलो गोल गरिन । त्यस्तै ४०औं मिनटमा सन्ध्याले त्यो अग्रता दोब्बर पारिन् भने ७४औं मिनटमा नेपालकै अनिता बस्नेतले तेस्रो गोल गर्दै टोलीको विजय सुनिश्चित गराइन ।

सेथुले आफ्नो पहिलो खेलमा मणिपुर पोलिस फुटबल क्लबलाई ६–४ ले हराउँदा साबित्रा एक्लैले ४ गोल गरेकी थिईन् ।

मे २५ सम्म चल्ने महिला आई लिगमा यसपटक सेथुलाई पनि दावेदार मानिएको छ ।

Share Now

Leave a comment.